जनकपुरमा पेस्तोल देखाएर सहकारीको ८० लाख रकम लुटपाट

काठमाडौं । जनकपुरमा पेस्तोल देखाएर सहकारीको ८० लाख रकम लुटपाट भएको छ । सोमबार हतियारधारीले जनकपुरधामबाट सहकारी संस्थाका एक कर्मचारीबाट पेस्तोल देखाएर ८० लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार सोमबार हतियारधारीले शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटपाट भएको हो ।

मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका– १९ मा बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गरेका महतोको साथबाट रकम लुटेको प्रहरीले जनाएको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया