पूर्ण खोप घोषित रौतहटका १३ पालिका

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; module: j; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Auto; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 116.95662; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

रौतहट । जिल्लामा रहेको १८ पालिका मध्ये १३ स्थानीय तह पूर्ण खोप घोषणा भइसकेका छन् । पूर्ण खोप जिल्ला घोषणा गर्ने अभियानअन्तर्गत पालिकाहरू पूर्ण खोप घोषणा गर्ने कार्य सञ्चालन भएका हुन् ।

स्वास्थ्य कार्यालय रौतहटका सूचना अधिकारी एवं खोप फाँट प्रमुख अनिलकुमार कर्णले १३ वटा स्थानीयतह मापदण्ड पूरा गरेर पूर्ण खोप पालिका घोषणा भइसकेको र ५ वटा स्थानीय तह वैशाखको अन्तिमसम्म घोषणाको तयारीमा रहेको जानकारी दिएका छन् ।

पूर्ण खोप पालिका घोषणा भएको नगरपालिकामा गौर नगरपालिका, दुर्गा भगवती गाउँपालिका, इशनाथ नगरपालिका, राजपुर नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, गुजारा नगरपालिका, चन्द्रपुर नगरपालिका, वृन्दावन नगरपालिका, गरुडा नगरपालिका, माधवनारायण नगरपालिका, परोहा नगरपालिका र बौद्धिमाई नगरपालिका रहेका छन् ।

माघदेखि चैत महिनासम्म खोप लिनबाट वञ्चित भएका बालबालिकाको तथ्यांक संकलन गरी बाँकी रहेको खोप लगाई पूर्ण खोप घोषणा गर्ने तयारी गरेको सूचना अधिकारी कर्णले बताए । जन्मदेखि १५ महिना तथा १६ महिनादेखि ५९ महिनाको बालबालिकालाई खोप लगाउने गरेको छ ।
जेठ महिनाको दोस्रो हप्तामा रौतहट जिल्ला नै पूर्ण खोप जिल्लाको रूपमा घोषणा गरिने तयारी तीव्र रूपमा भइरहेको र बाँकी रहेको ५ वटा पालिका पूर्ण खोप घोषणाको अन्तिम चरणमा रहेको उनले बताए ।

सूचना अधिकारी कर्णका अनुसार वैशाख २७ गते यमुनामाई गाउँपालिका, २८ गते मौलापुर नगरपालिका, वैशाख २९ गते राजदेवी नगरपालिका, वैशाख ३१ गते गढिमाई नगरपालिका र जेठ २ मा कटहरिया नगरपालिका घोषणा हुने तयारीमा रहेको छ ।

प्रतिक्रिया