इजाजतपत्र नलिने स्वास्थ्य संस्थालाई कारबाही हुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजतपत्र नलिई निजी, गैसरकारी, सरकारी वा गैर नाफामुलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्नेलाई कारबाही गर्ने भएको छ ।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका उपसचिव एकदेव खनालले परिपत्र जारी गर्दै इजाजतपत्र नलिई सञ्चालन गर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिएको हो ।

केही स्वास्थ्य सेवासँग सम्बन्धी संस्था, अटिजम थेरापी सेन्टर, बाल क्लिनिकलगायत मापदण्ड बमोजिम नभएको गुनासो आएपछि मन्त्रालयले यस्तो चेतावनी दिएको हो ।

मन्त्रालयका अनुसार जनस्वास्थ्य सेवा निमायवली २०७७ को नियम १२ को उपनियम (१) मा कसैले पनि इजाजतपत्र नलिई निजी, गैरसरकारी, सरकारी वा गैरनाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउनु हुँदैन भन्ने व्यवस्था छ ।

प्रतिक्रिया