पाठेघर खस्ने समस्या सम्बन्धि पत्रकार अन्तरक्रिया

कलैया । राष्ट्रिय स्वास्थ शिक्षा तथा सूचना केन्द्र टेकु काठमाडौ, निजगढ नगरपालिका र हेल्थ नेपाल मिडिया प्रालिको आयोजनामा बाराको निजगढमा एक दिने पाठेघर खस्ने सम्बन्धि पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

निजगढ नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता गरेकी निजगढ नगरपालिकाका उपप्रमुख सोममया थिङले महिलाको पाठेघरको समस्या बिस्तारै बिस्तारै बिकराल हुदै गरेकोले यसको समाधानका निम्ति लाग्न सबैलाई आग्रह गरेकी थिइन् । पाठेघरको समस्या उच्च हुनुमा महिलाले लाज मानेर चिकित्सकको सम्पर्कमा न जानू, घर परिवारको सदस्यलाई जानकारी नै नगउनु, परिवारलाई भने पछि परिवारको सदस्यले के भन्ला भने डरका कारण यो भयानक हुँदै गएको प्रति चिन्ता व्यक्त गरेकी थिइन् उनले ।

कार्यक्रममा उनले महिलाको यो समस्यालाई पत्रकार साथीहरूले खुलेर मिडियामा बहस छलफल र कलम चलाएर सम्पुर्ण नागरिकलाई सुसोचित गर्न आग्रह समेत गरेका थिइन् । उक्त कार्यक्रममा मकवानपुर जिल्लाका सहायक जिल्ला अधिबक्ता विष्णुकुमारी चौधरीले पाठेघर सम्बन्धि महिलाको हकहित बारे सबिधानको व्यवस्था बारे जानकारी गराएका थिइन् भने यस रोगको रोकथाम, लक्षण र उपचारको बारेमा नारायणी प्रादेशिक अस्पतालका महिला हेल्थ तथा प्रजनन प्रमुख डा. मन्जु रायले जानकारी गराएकी थिइन् ।

प्रतिक्रिया