प्रसौनीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरगन्ज । पर्साको बिन्दवासिनी गाउँपालिका ५ मा रहेको श्री मसरुर पब्लिक आधारभुत विद्यालय प्रसौनीमा ‘सबैलाई प्रेम गर, कसैलाई घृणा नगर’ भन्ने मुल नाराका साथ अहमदिया संघ नेपालले शनिवार निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

लायन्स क्लब अफ बीरगन्ज एण्ड क्युरिटी र माट्रिका आई केयर फाउन्डेशन बीरगन्जको सहयोगमा सम्पन्न शिविरबाट ६५५ जना लाभान्वित भएको आयोजक संस्थाले जनाएको छ । जस मध्ये १४५ जनामा मोतियाबिन्दू फेला परेको जनाईएको छ ।

शिविरमा डा. आरपी खेतान, डा मनोरञ्जन यादव, डा निरज सिंह, मुटु रोग विशेषज्ञ डा राधा भटराई, डा मनिषा पटेल, डा प्रगती कर्ण, लगायतको टिमले आँखा तथा स्वास्थ्य परीक्षण गरेका थिए ।

अहमदिया संघ नेपालका कोषाध्यक्ष इसरायल अहमदको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि बिन्दबासिनी गाउँपालिकाका प्रमुख प्रमोद तिवारी, विशिष्ट अतिथि माट्रिका आँखा अस्पतालका डा. आरपी खेतान, लायन्स क्लबका बलिराम श्रेष्ठ, पवन मितल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया