लालबन्दीमा वडा कार्यालय निर्माणमा विवाद

लालबन्दी । लालबन्दी नगरपालिका–१५ को वडा कार्यालय कहाँ बनाउने भन्ने बिषयमा विबाद सुरु भएको छ । वडाध्यक्ष गोरख बलले एकलौटि ढंगबाट वडा कार्यालय शिलान्यास गराएको भन्दै असन्तुष्ट पक्ष आन्दोलित भएको छ । गएको बिहिवार बिहान झर्झरा डाँडास्थित प्लटिङको जग्गामा मेयर बासुदेव अधिकारी, प्रमुख प्रशासकिय अधिकृत वशन्त न्यौपाने, वडाध्यक्ष बल लगाएत पक्षकाले वडा कार्यालय भवन शिलान्यास गरेका थिए ।

त्यसको केहि बेर पछि शिलान्यास स्थलमा पुगेर अर्का पक्षले इटा झिकेर फाल्दै कालो झण्डा गाडेका छन् । साबिकको परवानीपुर गाबिसको वडा नम्बर १, २, ७, ८ र ९ नम्बर वडा मिलेर हालको वडा नम्बर १५ बनेको हो । सो वडा जिल्लामै सबैभन्दा ठुलो ७७.२४ वर्ग किमि क्षेत्रफल ओगटेको वडा हो ।

हाल १६ नम्बर वडामा पर्ने साबिकको परवानीपुर गाबिसको कार्यालयमा वडा नम्बर १५ र १६ को संयुक्त कार्यालय संचालन भईरहेको छ । १७ वटा वडा रहेको लालबन्दी नगरमा सबैको आ–आफ्नै वडा कार्यालय भवन निर्माण गर्ने निति अनुरुप वडा नम्बर १५ को वडा कार्यालय निर्माण प्रकृया थालनी गरिएको थियो । लोकप्रिय मतसहित नेकपा माओवादी केन्द्रबाट दोश्रो कार्यकालका लागि निर्वाचित वडाध्यक्ष बलले वडा कार्यालय आफ्नै वडामा सार्न पहल थालेका छन् ।

तर वडा सदस्यहरुलाई समेत सहमत नगराई एकलौटी ढंगबाट ब्यक्तिगत स्वार्थका कारण वडा कार्यालय झर्झरास्थित गुम्बाडाँडामा सार्न लागेको भन्दै वडाध्यक्ष प्रत्यासी उद्धव मोक्तानसहितका पक्षले बिरोध गरेका हुन् । उनीहरुले बिहिवार कार्यालय शिलान्यास भएको स्थलमा नाराबाजिसहित कालो झण्डा गाडेका थियो भने शुक्रबार दिउँसो नगरपालिका कार्यालयमा नाराबाजि गरेका थिए । साबिकको वडा नम्बर १, २ र अन्य वडाका समेतको सहमतिमा नगर कार्यालयमा नाराबाजि गर्न उत्रिएका स्थानियसँग मेयर अधिकारीले सोमबार वार्ता गरेर निष्कर्ष निकाल्ने प्रतिबद्धता जनाएपछि उनीहरु फर्किएका छन् ।

मकैबारीमा एक युवकको शव भेटियो

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ धर्मपुरमा एक युवक मकैबारीभित्र मृत भेटिएका छन् । स्थानीय सीताराम साहका छोरा २० वर्षीय अरविन्द साह गाउँकै रामचन्द्र साहको मकैबारीभित्र मृत फेला परेका प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतले घटना शंकास्पद रहेको बताएको छ । मृतक अरविन्दको शव पोष्टमार्टका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ । एसपीसहित अन्य प्रहरी अधिकारी पनि घटनास्थलमा पुगेर घटनाको अनुसन्धानमा लागेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया