विदेहमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको स्वागत

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा सरुवा भई आएका नयाँ प्रमुखप्रशासकीय अधिकृत रामसुन्दर साहलाई स्वागत गरिएको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखमा कार्यरत साहलाई नगरप्रमुख बेचन दासले फूलमाला लगाएर गरेका हुन् ।

स्वागत कार्यक्रममा नगरप्रमुख दासले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई सबै जनप्रतिनिधिले कार्य सम्पादनमा सहज वातावरण बनाउने विश्वास दिलाए ।

धार्मिक र पर्यटनको सम्भावनायुक्त पालिका भएकाले जनप्रतिनिधि र कर्मचारीको सहकार्यबाट मात्र नगरपालिकाको विकास सम्भव हुने उनले सो अवसरमा बताए ।

प्रमुख प्रशासकीय अधिकृत साहले आफ्नो अनुभव र क्षमतालाई नगरपालिकाको समग्र विकास र सेवा प्रवाहमा खर्चिने प्रतिबद्धता जनाएका थिए ।

साहको सम्मानका लागि नगरपालिकाले कार्यक्रम आयोजना गरेको थियो । प्रमुख प्रशासकीय अधिकृतले पालिकामा आउँदा जनप्रतिनिधि र कर्मचारीको समन्वयले आफूलाई थप परिपक्व बनाएको सुनाए ।
स्वागत कार्यक्रममा त्यस वडाका वडा अध्यक्षहरू, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया