ड्राइपोर्ट परवानिपुर सडकमा ग्यास लोड भएको कन्टेनर पल्टियो

वीरगञ्ज । ड्राइपोर्ट परवानिपुर सडक खण्डमा ग्यास लोड भएको ट्रक अनियन्त्रित भइ पल्टिएको छ । बुधबार वीरगञ्जस्थित आइसिपिबाट युपी १७ एटी ८६२८ नम्बरको भारतीय ग्यास लोड भएको कन्टेनर रामगढवा (बहुवरी चोक) मा दुर्घटनामा परेको हो ।

आइसिपीबाट परवानिपुरतर्फ गइरहेको कन्टेनर बहुवरी चोकको टर्निङमा तिब्र गतिमा गाडी घुमाउदा आफै अनियन्त्रित भइ दुर्घटना भएको स्थानीयले बताएका छन् । उक्त कन्टेनर दुर्घटनामा कुनै मानवीय भने क्षति नभएको र कन्टेनर चालक गाडीबाट हामफालेर बाच्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया