आगलगीबाट हरिहरपुरमा पाँचवटा घर जलेर नष्ट

पर्सा । पर्साको धोबिनी गाउँपालिका– ३ हरिहरपुर गाउँमा आगलगी हुँदा पाँचवटा फुसको घर जलेर नष्ट भएका छन् भने घर नजिक रहेका ब्रहम बाबाको रुखसमेत जलेको छ ।

बुधबार (आज) योगेन्द्र साहको घरबाट सुरु भएको आगलागीबाट भरत साह कानु, हरिन्द्र साह कानु, लक्ष्मी साह कानु र सेठ साह कानुको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लंगडीका प्रहरी नायब निरिक्षक तोजेन्द्र बिसीले जानकारी दिए ।

सो आगलगीबाट घरसहित घरमा रहेका फर्निचर, अन्न, लत्ताकपडा र गरगहना गरी जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उक्त आगो कसरी लाग्यो भन्नेबारे हालसम्म पत्ता नलागेको प्रहरीको भनार्ई छ । सो आगो स्थानीयवासी, प्रहरी र पोखरिया नगपालिकबाट गएको बारु णयन्त्रको सहयोगमा नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया