डिजिटल प्रविधि दुरुपयोगको मारमा महिला, युवा र बालबालिकादेखि ग्रामीण बासिन्दा

मुगु । इन्टरनेटले मानिसहरुको काम कारबाहीलाई जति सहज र सुलभ बनाएको छ त्योसँगै डिजिटल दुरुपयोगले जोखिम पनि त्यतिकै निम्त्याएको छ । इन्टरनेटको सही सदुपयोग नगरी व्यक्तिगत, सामूूहिक स्वार्थका लागि दुरुपयोग गर्नाले यसको मारमा युवा, बालबालिका, विद्यार्थी, महिला र ग्रामीण क्षेत्रका बासिन्दा पर्दै आएका छन् ।

टेवाको आर्थिक सहयोग र महिला अधिकार केन्द्रको साझेदारीमा सोमबार मुगु जिल्लाको सदरमुकाम गमगढीमा आयोजित डिजिटल सुरक्षासम्बन्धी चेतनामूूलक कार्यक्रमको जानकारीका लागि सरोकारवाला निकाय र पत्रकारहरुसँगको बैठकमा सरोकारवालाहरुले यस विषयमा आ–आफ्ना धारणा राखेका हुन् ।

बैठकमा नेपाल कम्प्युटर महासंघ मुगुका अध्यक्ष नरेश शाहीले डिजिटलको प्रयोग कति र कति प्रतिशतले गरिरहेका छन्, डिजिटल प्रविधिको दुरुपयोगबाट मानिस कसरी प्रभावित भइरहेका छन्, हामीले आफ्ना इन्टरनेटजन्य काम गर्दा कसरी डिजिटल सुरक्षा अपनाउने, डिजिटल दुरुपयोगको मारमा परे कानुनी उपचार र डिजिटल उपचार कसरी अपनाउन सकिन्छ भन्नेबारे प्रस्तुत गरेका थिए ।

उनले विश्वभरमा इन्टरनेटको प्रयोग ग्याजेटहरुमा गर्ने कति छन्, डेस्कटपमा गर्ने कति छन्, सामाजिक सञ्जालमध्य कुन कति जनाले प्रयोग गर्छन् र उमेर समूह अनुसार कति जनाले प्रयोग गर्छन् भन्नेबारे पनि सरोकारवालाहरुलाई जानकारी गराएका थिए ।

पछिल्ला दिनहरुमा इन्टरनेटको दुरुपयोग गर्दै व्यक्तिगत लाभ लिन मानिसलाई झुक्याउने खालका सामग्री पोष्ट गर्ने, बैंकिङ कारोबारमा झुक्याइ बैंक खाताबाट पैसा लिने, मानिसलाई प्रलोभनमा पारेर सामाजिक सञ्जाल ह्यक गरिदिने, अश्लिन तथा नग्न तस्विर राखिदिने, सामूूहिक अपराधका योजना बनाउनेलगायतका अपराध गर्दै आएको र पीडितको न्यायका लागि नेपाल प्रहरीीको साइबर ब्यूूरोले विद्युतीय कारोबारो ऐन ४७ अनुसार साइबर अपराधसम्बन्धी अनुसन्धान र कारबाहीको काम गरिरहेको प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले बैठकमा बताए ।

आजको युगमा प्रविधिले विकासका विभिन्न क्षेत्रलाई जति सहज र छिटो बनाएको छ दुरुपयोगबाट धेरै जनालाई पीडित पनि बनाएको प्रहरी नायब उपरीक्षक थापाले बताए । बालबालिका, विद्यार्थी, महिला र ग्रामीण क्षेत्रका बासिन्दा बढी प्रभावित बन्दै गएका छन् । डिजिटल लत र अपराधबाट नागरिकलाई बचाउन तीनै तहका सरकारले जनचेतनामूूलक कार्यक्रममा जोड दिनुपर्ने प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले सुझाव दिए ।

गाउँ घरमा पहिलो पटक इन्टरनेटको सुविधा पुग्दा बालबालिका, महिला तथा युवाहरु मोबाइलको लतमा पर्ने र साइबर अपराध गर्नेहरुले विभिन्न प्रलोभनमा पार्ने खालका सामग्रीहरु सोसल मिडियामा राख्दा प्रयोगकर्ताहरु झुक्किएर अवसरको खोजी, रमाइलो लिन र शिक्षा आर्जन गर्ने लोभमा परेर आफ्ना व्यक्तिगत सूचनाहरु छोड्दा साइबर अपराधीबाट सिकार हुँदै आएकाले प्रविधि सुरक्षाका बारेका जानकारीमूलक कार्यक्रमहरु आगामी नगरपालिकाको नगरसभाबाट पारित गरेर कार्यान्वयनमा ल्याउने छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले आफ्नो योजना सुनाए ।

टेवाले मुगु जिल्लामा महिला अधिकार केन्द्रसँगको साझेदारीमा लामो समयदेखि शिक्षा, स्वास्थ्य, राहत, महिला सशक्तिकरण, जनचेतनामूूलक कार्यक्रम र जिविकोपार्जनका कार्य गर्दै आएको छ । मुगु जिल्लामा टेवाले गत वर्षबाट डिजिटल सुरक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

गत वर्ष ९–१० र ११–१२ कक्षामा अध्य्ययनरत विद्यार्थी लक्षित गरी चारर वटा माध्यामिक विद्यालयहरुमा सञ्चालन गरेको र चालुु यो वर्षमा स्नातकसम्मका विद्यार्थीलाई समेत समेट्दै रारा क्याम्पस र मुर्मा माध्यामिक विद्यालय छायाँनाथ रारा नगरपालिका, जनज्योति माध्यामिक विद्यालय थुपी सोरु गाउँपालिका र बुद्ध माध्यामिक विद्यालय मुगुम कार्मारोङ गाउँपालिकामा कार्यक्रम लागु गरिएको महिला अधिकार केन्द्र मुगुकी अध्यक्ष सुकमाया शाहीले जानकारी दिइन् ।

समन्वय बैठक जिल्ला समन्वय समिति मुगुका कार्यवाहक समन्वय प्रमुख नैली कार्कीको प्रमुख आतिथ्यता भएको थियो भने बैठकमा नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल, गैरसरकारी संस्था महासंघ मुगुका अध्यक्ष कर्णजङ शाहीलगायत सहभागी थिए ।

प्रतिक्रिया