विमानस्थलबाट ८५० ग्राम सुनसहित महिला पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला सुनसहित पक्राउ परेकी छन् । शुक्रबार दिउँसो थाई एयरमार्फत् काठमाडौँ आएकी भारतीय नागरिकबाट ८५० ग्राम सुन बरामद भएको हो । सहिना पर्विनलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया