मधेस प्रदेशमा मन्त्री परिषदमा हेरफेर

जनकपुरधाम । मधेस सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्री परिषदमा हेरफेर गरेका छन् । मंगलवार मुख्यमन्त्री यादवले चौथो पटक बिश्वासको मत लिने क्रममा आफुले रोजेको मन्त्रालय पाउनुपर्ने अडान लिएको माओवादीलाई थप एक मन्त्रालयसहित माओवादीका दुई र नेकपा एसका एक गरी तिन मन्त्री र एमालेका एक राज्य मन्त्री नियुक्त गरेका छन् ।

माओवादी संसदिय दलको नेता भरत साहलाई बिना बिभागिय मन्त्रीमा र यस अघि माओवादी संगै रहेको उद्योग बाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवको ठाँउमा युवराज भट्टराईलाई नयाँ मन्त्री नियुक्त गरिएको छ भने नेकपा एसकी बेचि लुंगेलीलाई बिना बिभागिय मन्त्री बनाइएको छ । साहले अर्थ वा भौतिक पुर्वाधारमा दावी गरेपछि कुरा नमिलेकाले तत्काल बिना बिभागिय बनाइएको छ ।
उनीहरुलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनियताको सपथ खुवाइन भने एमालेबाट गृह, सञ्चार तथा कानुन राज्यमन्त्री बनेकी शारदा देवी थापालाई मुख्यमन्त्री यादवले सपथ ग्रहन गराएका छन् ।

प्रतिक्रिया