लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमालेबाट चार मन्त्री थप गर्दै महराले बिहीबार बिहान मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

गएको चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका महराले यसअघि एमालेबाट चेतनारायण आचार्यलाई मन्त्री बनाएका थिए ।

आचार्यलेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी माओवादीबाट दीपेन्द्र पुन स्वास्थ्य मन्त्री र जसपाका भण्डारीलाल अहिर भूमि व्यवस्था मन्त्री बनेका छन् ।

आज बनेका सबै मन्त्री बिना विभागीय छन्। उनीहरुको मन्त्रालय टुंगो लागेको छैन ।

यस्तो कार्यविभाजन

प्रतिक्रिया