सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमाले र माओवादीको समर्थनमा नाउपाकै चौधरीकाे पनि दाबी पेश

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कैलाश चौधरी पनि नेकपा एमाले र माओवादीको समर्थनमा दाबी पेश गरेका छन् । आइतबार उनले प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० जना र नेकपा माओवादी केन्द्रका सभामुखसहित ११ जना सदस्य छन् । केन्द्रीय सत्ता गठबन्धनका तर्फबाट उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

नाउपाका ६ सहित नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्र १० र स्वतन्त्र सांसद डा। ताराप्रसाद जोशीको समर्थनमा कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

यसअघि नाउपाकै लक्ष्मणकिशोर चौधरीले पनि नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् । कैलाश चौधरी नाउपाको रञ्जिता श्रेष्ठ समूहका हुन् भने लक्ष्मणकिशोर चौधरी नाउपाकै रेशम चौधरी समूहका हुन्।

प्रतिक्रिया