रौतहट । रौतहटको बृन्दाबन नगरपालिका– १ बिश्रामपुर स्थित पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । नेपाल माध्यमिक विद्यालय बिश्रामपुरको स्वामित्वमा रहेको पोखरीमा गहुँ काटेर तीन जना सँगै नुहाउन गएकामा स्थानीय हुलास बैठाकी १४ वर्षीया छोरी निरन्जन कुमारी बैठाको डुबेर मृत्यु भएको हो ।
६ फिट गहिरो पानी रहेको पोखरीमा गर्मी छल्नको लागि नुहाउन गएको बेला एक बालिका डुबेर बेपत्ता भएको भन्ने सूचना प्राप्त हुनासाथ सुरक्षा बेश क्याम्प सन्तपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक यमबहादुर वलीको नेतृत्वमा गएका ९ जनाको टोलीले खोजतलास गर्दा पोखरीमा बालिका मृत अवस्थामा फेला परेको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक बिक्रम हुमागाईले जानकारी दिए ।
उक्त घटनाबारे थप अनुसन्धान गर्नको लागि इलाका प्रहरी कार्यालय गरुडा तथा सुरक्षा बेश क्याम्प सन्तपुरबाट प्रहरीको टोली घटनास्थलमा पुगिसकेको उनले बताए ।
रौतहट
प्रतिक्रिया