महोत्तरीका एक युवकको जनकपुरमा छुरा प्रहार गरी हत्या

महोत्तरी । जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । महोत्तरीको भटौरियाका २० वर्षीय प्रितकुमार महासेठको जनकपुरधाम उपमहानगरपालिका– ४ विश्वकर्मा टोलमा एक समूहले छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार उक्त समूहले प्रितकुमारलाई लखेटीलखेटी छुरा हानेका थिए । उपचारका लागि प्रादेशिक अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । धनुषा प्रहरीले हत्याबारे अनुसन्धान सुरु गरेको र हत्यामा संलग्नहरुको खोजी भइरहेको जनाएको छ ।

ममता विश्वकर्मा

महाेत्तरी

प्रतिक्रिया