वीरगन्ज । कार्यसम्पादन मूूल्यांकनमा पर्सा जिल्लाको ठोरी गाउँपालिका उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन सूूचक वापत प्राप्त गरेको अंकको प्रकाशित नतिजामा ठोरी गाउँपालिकाले सबैभन्दा बढी अंक प्राप्त गरेर उत्कृष्ट भएको हो । नेपाल सरकारबाट आर्थिक वर्ष २०८१÷०८२ मा यस आयोगको सिफारिसमा उपलब्ध गराइने वित्तीय समानीकरण अनुदानअन्तर्गत कार्यसम्पादन मूल्यांकनवापत प्रदान गरिने अनुदानका लागि प्रदेश र स्थानीय तहले कार्यसम्पादन सूचकवापत प्राप्त गरेको अंकको नतिजा सार्वजनिक गरेको हो ।
उक्त नतिजाअनुसार सबैभन्दा बढी ठोरी गाउँपालिकाले ६४ शदमलव १४ र सबैभन्दा कम कालिकामाई गाउँपालिकाले ३२ दशमलव ५४ अंक प्राप्त गरेको छ । त्यस्तै दोस्रो स्थानमा मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्ज ले ५७ दशमलव ४९ अंक प्राप्त गरेको छ । तेस्रो स्थानमा छिपहरमाई गाउँपालिकाले ५३ दशमलव ४४ अंक पाएको छ ।
यसैगरी चौथो स्थानमा जगरनाथपुर गाउँपालिका ५० दशमलव शून्य ५, पाँचौँमा पटेर्वा सुुगौली गाउँपालिकाले ४८ दशमलव ५८ अंक प्राप्त गरेको छ । यस्तै छैठौँमा पर्सागढी नगरपालिकाले ४७ शदमलव ९८ अंक प्राप्त गरेको छ । सातौँमा पोखरिया नगरपालिका रहेको छ । जसले ४७ दशमलव ४६ अंक पाएको छ । आठौँ स्थानमा बहुदरमाई नगरपालिका रहेको छ । जसले ४५ दशमलव २६ अंक प्राप्त गरेको छ । यसैगरी नवौँ स्थानमा रहेको विन्दावासिनी गाउँपालिकाले ४४ दशमलव ९१ अंक प्राप्त गरेको छ । १०औँ स्थानमा धोबिनी गाउँपालिका रहेको छ । जसले ४२ दशमलव ८२ अंक पाएको छ । ११आँै स्थानमा रहेको सखुुवाप्रसौनी गाउँपालिकाले ४२ दशमलव ७० प्राप्त गरेको छ । पकहामैनपुर गाउँपालिकाले ४२ दशमलव १८ अंक प्राप्त गरेर १२औँ स्थानमा रहेको छ । त्यस्तै जिराभवानी गाउँपालिकाले ३७ दशमलव शून्य ४ अंक प्राप्त गरेर १३आँै स्थानमा रहेको छ । कालिकामाई गाउँपालिकाले ३२ दशमलव ५४ अंक प्राप्त गरेर सबैभन्दा कम अंक पाउने पालिका बनेको छ ।
प्रतिक्रिया