आमाको हत्या अभियोगमा छोरा पक्राउ

हेटौँडा । आफ्नै आमाको हत्या गरेको अभियोगमा मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको थाहा नगरपालिका–१०, तल्लो बिसिङ्खेलकी ४७ वर्षिया ज्ञानीमाया गमालको हत्या गरेको अभियोगमा उनका २६ वर्षीय छोरा मिलन गमाल पक्राउ परेका हुन् ।

गत फागुन ३० गते आमा ज्ञानीमायाको हत्या गरी भागेका मिलनलाई आइतबार काठमाडौंमा लुकिबसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घरभित्र चुकुल लगाएको अवस्थामा ज्ञानीमायाको शव फेला परेको थियो ।

शिक्षण अस्पताल महाराजगन्जमा भएको पोस्टमार्टम रिपोर्टमा उनको हत्या भएको देखिएपछि प्रहरीले हत्याका संलग्नको खोजी तीव्र बनाएको थियो । पक्राउ परेका गमाललाई ज्यानसम्बन्धी कसूरमा मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया