पत्रकार महासंघको स्थापना दिवसमा बिरामीलाई फलफूल

लालबन्दी । नेपाल पत्रकार महासंघको ६९औँ स्थापना दिवसको अवसरमा सर्लाही शाखाले बिरामीहरुलाई फलफूल वितरण गरेको छ । शुक्रबार महासंघ सर्लाही शाखाले मलंगवास्थित प्रादेशिक अस्पतालका विमारीहरुलाई फलफूल वितरण गरेको हो ।

महासंघका जिल्ला सचिव शुनिल ठाकुरको नेतृत्वमा पुगेको पत्रकारहरुको टोलीले उपचाररत बिमारीहरुलाई फलफूल वितरण गरेको हो । अस्पतालमा उपचाररत रहेका ३० जना बिमारीलाई फलफूल वितरण गरेको महासंघ सर्लाही शाखाले जनाएको छ ।

बिमारीलाई फलफूल वितरण गरिदिएको भन्दै अस्पतालका निमित्त सुपरिटेण्डेण्ट डाक्टर सचिन यादवले महासंघ शाखा सर्लाहीलाई धन्यवाद समेत ज्ञापन गरेका थिए । नेपाल पत्रकार महासंघले हरेक वर्ष चैत १६ गतेलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया