रौतहटको बृन्दाबन भोटिया टोलमा श्रीमानले गरे श्रीमतीको हत्या

रौतहट । रौतहट जिल्लाको बृन्दाबन नगरपालिका वडन नम्बर १ भोटिया टोलमा विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । श्रीमान तीर्थ वाइबाले आफ्नै श्रीमती ३५ वर्षीय सेतीमाया तामाङलाइ धारिलो हतियार प्रयोग गरी घाटी रेटेर हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेपछि तीर्थ वाइबाले आत्महत्याको समेत प्रयास गरेकाे जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रौतहट प्रहरी प्रवक्ता नायव उपरीक्षक एलिजा गिरीका अनुसार घाइते अवस्थामा छटपटाई रहेका वाइबालाइ देखेर स्थानीयले प्रहरीलाइ खबर गरेपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालको नेतृत्व गएको टोलीले सोध्दा श्रीमतीसँग विबाद हुदा हँसियाले घाँटी रेटेर हत्या गरेको बताएपछि खोज्दै जाँदा घर देखि १ किलोमिटर पूर्व बागमती खोलाको छेउमा रहेको मकै बारीमा मृत अवस्थामा शव फेला परेकाे हाे ।

गम्भीर घाइते तीर्थ बाइबाको उपचारको लागि पठाइएको र अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक गिरीले बताइन् । घटना स्थलबाट २ थान धारिलो हतियार हसिया बरामद गरी प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया