मुगुमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

मुगु । मुगुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्लाको सदरमुकाम गमगढीदेखि सोरु गाउँपालिका केन्द्र सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जिप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो ४ बजेतिर कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको बोलेरो जिप सोरु पाउँपालिका– ६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँमा दुर्घटना हुँदा जिपका चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले दिएको जानकारी अनुसार मृत्यु हुनेमा चालक कविराज नेपाली र नाम पहिचान भइनसकेकी एज जना महिला रहेकी छन् । त्यसैगरी घाइते हुनेमा मन्जने नेपाली, सर्जन नेपाली (२८), हिरादिङ्ग नेपाली र वर्ष २२ का प्रेम नेपाली रहेका छन् ।

घाइतेमध्ये मन्जने नेपालीको अवस्था चिन्ताजनक अवस्थामा रहेको छ । त्यस्तै घाइते चार जनामध्य सामान्य घाइते रहेका प्रेम नेपालीबाहेकका अन्य घाइतेलाई उपचारको लागि प्रहरीले उद्धार गरी मुगु जिल्ला अस्पतालतर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ । दुर्घटना भएको जिप सडकभन्दा लगभग एक सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया