रौतहटमा विभिन्न पार्टीका कार्यकर्ता माओवादीमा प्रवेश

रौतहट । रौतहटको बृन्दावन नगरपालिकामा आयोजित एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी धेरैको संख्यामा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बुधबार बृन्दावन नगरपालिका– १ रमौलीमा जनतासँग नियमित भेटघाट तथा जनगुनासो र समस्या समाधानका लागि आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीका क्रियाशील कार्यकर्ताहरू पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

जयलाल चौधरीको नेतृत्वमा पार्टी परित्याग गरी ६५ जना सामूहिक रुपमा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको बृन्दावन नगरपालिकाका नगरप्रमुख पदका प्रत्यासी नेकपा माओवादी केन्द्रका नेता राम प्रसाद पटेलले बताए ।

नव प्रवेशीहरुलाई पार्टी प्रवेश गराउँदै प्रत्यासी पटेलले अबको दिनमा माओवादी केन्द्र बलियो हुने विश्वास व्यक्त गरे । कार्यक्रममा बृन्दावन नगरपालिका– २ का वडाध्यक्ष सिकिन्द्र राउत कुर्मीलगायत पार्टीका नगरस्तरीय कार्यकर्ता सामाजिक अगुवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रतिक्रिया