आठबिसकोट– ५ मा मदिरा विक्रि–वितरणमा रोक

आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ मा मदिरा विक्रि–वितरण तथा ओसारपसारमा रोक लगाइएको छ ।

वडाले (आज) शुक्रबार एक सूचना निकाल्दै वडाभित्र मदिराजन्य पदार्थ विक्रि–वितरण तथा ओसारपसारमा रोक लगाइएको र विक्रि वितरण गरेको पाइएमा पहिलो पटक पाँच हजार रुपैयाँ र पटक–पटक गरेर पाँच हजारका दरले जरिवानासहित कानुनी कारबाही हुने जनाएको छ ।

आजैदेखि वडालाई मदिरामुक्त वडा बनाउने अभियानअन्तर्गत मदिरा निषेध वडा घोषणा गरिने वडाध्यक्ष घनश्याम भण्डारीले जानकारी दिए । उनले वडालाई सभ्य र समुन्नत बनाउन विभिन्न भेदभाव रहित वडा बनाउने उदेश्य मदिरा विक्रि–वितरण र ओसारपसारमा रोक लगाइएको बताए । वडाले ६ बुँदे पत्रसहित आजैदेखि कार्यान्वयनमा ल्याउने गरी सूचना निकालेको हो ।

साथै मृत्युपछि सामाजिक परम्परागत रुपमा धेरै कात्रो लगाउने र आर्थिक भार धेरै हुने हुँदा वडाभित्र कात्रोविना लास घाटसम्म लैजाने परिवारलाई क्रियाखर्च बापत २० हजार रुपैयाँ वडाले प्रदान गर्ने बताइएको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया