मधेस । पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बिहीबार गृहजिल्ला रौतहट आउँदै छन् । केन्द्रीय सरकारको गठबन्धन परिवर्तन भएर नयाँ मन्त्रिीमन्डल गठन भएपछि पूर्व प्रम नेपाल पहिलोपटक गृहजिल्ला आउन लागेका हुन् ।
नेपालले बिहीबार बिहान ८ बजे गौर नगरपालिकाको पुरेनवामा सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । पूर्व प्रम नेपाल रौतहट सदरमुकाम गौरकै स्थानीयवासी पनि हुन् ।
नेपालले बिहीबार बिहान १० बजे पत्रकार भेटघाट कार्यक्रम पनि राखेका छन् । फेरिएको परिस्थितिमा नेपालले आफ्नो गृहनगरमा संचारकर्मीसित खुलेर कुरा गर्ने बताइएको छ ।
गौरको पुरेनवामा हुने शिलान्यास कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले जानकारी गराएका छन् ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया