झुट्टा विवरणमा नागरिकता दिने तत्कालिन अधिकृत पक्राउ

काभ्रे । नागरिकता जारी गर्ने जिल्ला प्रशासन कार्यालय काभ्रेका तत्कालिन अधिकृत झपेन्द्रराज खरेललाई पक्राउ गरी अनुसन्धान कार्य सुरु गरिएको छ । खरेल हाल मेलम्ची नगरपालिकामा प्रशासकीय अधिकृत (आठौ तह)को रूपमा कार्यरत थिए ।

उपचारको लागि भारत गएको सूचनाको आधारमा खोजतलास गर्दै जाँदा काभ्रेबाट पक्राउ गरिएको हो । खरेलले विभिन्न मितिमा विभिन्न नम्बरको नागरिकता जारी गरेको भेटिएको छ ।

प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्युरो महाराजगञ्जको जाहेरिले बादि नेपाल सरकार प्रतिबादी बेल्जीयम नागरिक दावा छिरिङ (नेपालि नाम निमा तामाङ) भएको झुट्टा बिवरण पेश गरी नागरिकता लिएको र सो नागरिकता प्रमाण पत्र नम्बर ३०–०१–७४–११८६८ को मितिः– २०७४–०९–२० मा जारि गर्ने अधिकारीः–झपेन्द्रराज खरेल, रहेको देखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको जाहेरीले बादि नेपाल सरकार प्रतिबादि राजु गुरुङ भएको झुटा बिवरण पेश गरी दोहोरो नागरिकता र राहदानी लिएकोमा पनि नागरिकता प्रमाण पत्र नम्बर ३०–०१–७४–१०९७७ रहेको मितिः– २०७४–०८–१३ मा जारी गर्ने अधिकारीः– प्रशासकिय अधिकृत झपेन्द्रराज खरेल नैं रहेको भेटिएको थियो ।

यस्तै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको जाहेरीले बादि नेपाल सरकार प्रतिबादी कुलानन्द भण्डारी समेत भएको झूटा बिवरण पेश गरी दोहोरो नागरिकता लिएकोमा पनि नागरिकता जारी गर्ने अधिकारीः– उनै खरेल रहेको जसको नागरीकता प्रमाण पत्र नम्बर ३०–०१–७४–०८००४ रहेको र जारी मितिः– २०७४–०९–२० रहेको देखिन्छ । प्रहरीले जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोक सँग समन्वय गरी अन्य झुट्टा बिवरण पेश गरी नागरिकता जारी भएकोमा निजको संलग्नता सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
भुमिकास्थान नगरपालिकाको दोस्रो चौमासिक समिक्षा सम्पन्न

प्रतिक्रिया