नक्कली नोट बनाउन प्रयोग गर्ने फोटोकपी मेसिनसहित एक जना पक्राउ

काभ्रे । नक्कली नोट बनाउन प्रयोग भइरहेको फोटोकपी मेसिनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो ३ बजेको समयमा काभ्रे जिल्लाको बनेपाबाट प्रहरीले नक्कली नोट बनाउन प्रयोग गर्ने फोटोकपी मेसिनसहित बनेपाबाट एक जनालाई पक्राउ गरेको जनाएको हो ।

प्रहरीलाई आएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–५ स्थित एचएम माेबाइल केयर सेन्टरमा खानतलासी गर्दा विभिन्न सामानसहित बरामद गरी उक्त पसल सञ्चालक काभ्रेको बेथानचोक गाउँपालिका– ३ बस्ने वर्ष २५ का सविन हुमागाईँलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर कार्यालय ललितपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका हुमागाईँको साथबाट एक थान कलर प्रिन्टर, एक थान डेल कम्पनीको ल्यापटप, एक थान आइफोन, हजार–हजार दरका ६९ थान नक्कली नोटलगायत विभिन्न सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया