काभ्रेमा मोटरसाइकल र स्कुटर ठोक्किँदा गम्भीर घाइते मगरको मृत्यु

काभ्रे । मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

चैत १ गते दिउँसो १ बजेको समयमा काभ्रे जिल्लाको बनेपा नगरपालिका– ७ आइटीपार्कस्थित पनौतीबाट बनेपातर्फ आउँदै गेरको बा ८४ प ६८२३ नम्बरको स्कुटरले बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ३२ प ७०३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना र स्कुटरमा सवार एक जना गरी तीन जना घाइतेहरुलाई उपचारको लागि शिरमेमोरीयल अस्पताल बनेपा पठाइएको थियो ।

प्रहरीका अनुसार दुर्घटनाका मोटरसाइकल र स्कुटर सवारी इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेको छ । दुर्घटनामा घाइते हुनेहरुमा मोटरसाइकल चालक झापा जिल्ला कचनकवल गाउँपालिका–६ बस्ने वर्ष ३५ का नरेन्द्रकुमार राजवंशीको दायाँ घुडामा चोट लागेको र उनको काठमाडौंस्थित अन्नपुर्ण न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनको अवस्था सामान्य रहेको र सोही मोटरसाइकल पछाडी सवार भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका– ३ बस्ने वर्ष ५७ का प्रल्हाद थापा मगरको टाउकोमा गम्भीर लागेको थियो । गम्भीर घाइते मगरको शुक्रबार बिहान ९ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको काठमाडौंस्थित अन्नपुर्ण न्युरो अस्पतालले जनाएको छ ।

अर्का घाइते स्कुटर चालक काभ्रे जिल्ला बनेपा नगरपालिका– ८ बस्ने वर्ष ५७ का सूर्यकुमार रन्जितकारको बायाँ खुट्टमा चोट लागेको र उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया