पालिका कपको दोस्रो खेलमा २ रनले गौर नगरपालिका विजयी

रौतहट । जिल्लाको सदरमुकाम गौरमा जारी पालिका कप क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा गौर नगरपालिका विजयी भएको छ । प्रतिद्वन्द्वी गुजारा नगरपालिकालाई २ रनले पराजित गर्दै गौर नगरपालिकाले विजयी सुरुवात गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको गौर नगरपालिकाले निर्धारीत २० ओभरमा १८. बल खेल्दै १० विकेटको क्षतिमा ११२ रनको स्कोर खडा गरेको थियो । गौरको लागि राज पटेल ६७ रन तथा रबि साहले १३ रन व्यक्तिगत योगदान दिएको आयोजक रौतहट जिल्ला क्रिकेट संघले जनाएको छ ।

जितको लागि पाएको लक्ष्य ११३ रन पुरा गर्न जवाफी ब्याटिङ गर्न उत्रेका गुजरा नगरपालिकाको टीमले २० ओभरमा ३ विकेट गुमाउँदै ११० रन बनाएर २ रनले खेल हारेका छन् । गुजाराबाट अमामुल हक ३९ रन तथा नितेश नवादले २२ रन बनाए । भोलिको खेल गढिमाई नगरपालिका र राजदेवी नगरपालिकाबीच बिहान ९ः३० बजे सुरु हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया