चौथो हरपुर क्रिकेट च्याम्पियन्स ट्रफीको उपाधि कलैयालाई

बारा । कलैया क्रिकेट क्लब कलैया बाराले जीतपुरसिमरा चौथो हरपुर क्रिकेट च्याम्पियन्स ट्रफीको उपाधी उचालेको छ । जीतपुरसिमरा–२४ स्थित हरपुर क्रिकेट मैदानमा शनिवार भएको फाइनल खेलमा युथ क्लब अफ गरुडा रौतहटलाई ६ विकेटले पराजित गर्दै मकवानपुरले उपाधी उचालेको हो ।

टस जितेर पहिला ब्याटिङ रोजेको युथ क्लब अफ गरुडा रौतहटले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रन बनाएको थियो । गरुडाका लागि डब्लु मलिकले ३४ बलमा ३ छाका र ६ चौकाको मद्दतले ६० रन बनाएका थिए । यसैगरी गरुडाका सोबेन्द्र पासवान १५ अरविन्द चौधरी १९ रन बनाएका थिए । बलिङ तर्फ कलैयाका एराज हवारी ३ शंकर पौडेल २ कुमार थापा, निखिल सिंह र रोहण साहले सम्मान १÷१ विकेट हात पारेका थिए ।

१४९ रनको लक्ष्य पछ्याउन मैदानमा ब्याटिङका लागि उत्रेका कलैया क्रिकेट क्लबले१९ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । कलैयाको जितको लागि निरज यादवले ३९ बलमा ७ चौका र ४ छाकाको मद्दतले सर्वाधिक ५९ रन बनाएका थिए । यसैगरी कलैयाको तर्फबाट निखिल सिंह अविजित रहदै ४७ रन, र मेघराज महराले १५ रन बनाएका थिए ।

उपाधिसँगै कलैयाले ५० हजार नगद प्राप्त गरेको छ भने, गरुडाले ३० हजार हात पारेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बाराका निरज यादव घोषित भएका छन् । उनले पाँच हजार नगद प्राप्त गरेका छन् । यसैगरी प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान चितवनका विकल गुप्ता घोषित भएका छन् ।

विजेता तथा उपविजेता खेलाडीलाई मधेस प्रदेशसभा सदस्य देवनाराण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल नगर उपप्रमुख भोलाप्रसाद अधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक सहयोग र हरपुर क्रिकेट क्लबको आयोजनमा उक्त प्रतियोगिता संचालन भएको हरपुर क्रिकेट क्लबका अध्यक्ष सेराजुल अन्सारीले बताए ।

प्रतिक्रिया