रौतहटको परोहामा निःशुल्क एकदिने स्वास्थ्य शिविर

रौतहट । जिल्लाको परोहा नगरपालिका– ४ स्थित ब्रह्मज्योति माध्यमिक विद्यालय लौकहामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल, नेपालको सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी परिवार महिला संघको आयोजना तथा प्रादेशिक अस्पताल गौर र परोहा नगरपालिकाको सहकार्यमा नेपाल एपिएफ अस्पतालका विशेषज्ञ चिकित्सकको सहभागितामा शिविर सम्पन्न भएको हो ।

निःशुलक स्वास्थ्य शिविरको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि सशस्त्र प्रहरी परिवार महिला संघका अध्यक्ष अनीता लामिछाने अर्यालले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिक बर्दी बिनाको सुरक्षाकर्मी रहेको बताइन् । जनताको सुरक्षाको लागि खटिने सशस्त्र प्रहरीका धर्मपत्नीहरुको संगठन रहेको सशस्त्र प्रहरी परिवार महिला संघले सीमासँग जोडिएर बसेका नेपाली नागरिकको स्वास्थ्यको ख्याल गर्दै शिविरको आयोजना गरिएको उनले उल्लेख गरिन् ।

उनले भनिन्, ‘सशस्त्र प्रहरी र आम नागरिक बिचको सम्बन्ध राम्रो भए सुरक्षामा थप सहजता पुग्ने छन ।’ परोहा नगरपालिकाका नगर प्रमुख शेख वकीलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डाक्टर मिना कुँवर जोशी, मधेस प्रदेश सशस्त्र प्रहरी परिवार संघका अध्यक्ष प्राब्दा सिंह, प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक विक्रम होमागाई, बिरदल गुल्मका प्रमुख सेनानी गंगा बहादुर विष्ट, राष्ट्रिय अनुसन्धान रौतहटका उपनिर्देशक अभिनय कुमार सिंह , निर्वाचित वडा अध्यक्षलगायतका उपस्थिती रहेको थियो ।

शिविरमा एक हजार ४ सयभन्दा बढीको स्वास्थ्य परीक्षण गरी निःशुल्क रुपमा औषधि वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर हजमीनियाले जनाएको छ ।

शिविरमा आँखासम्बन्धी डाक्टर मिना कुँवर जोशी, डाक्टर राम अयोध्या प्रसाद यादव, डाक्टर अशोक पासवान, स्त्री तथा प्रसूति रोगसम्बन्धी डाक्टर सुमित्रा थापा, प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डाक्टर अनुजा जोशी, डाक्टर नेहा बर्मा, रेडियोलोजीसम्बन्धी प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डाक्टर अभिषेक स्वार, नाककान घाँटीसम्बन्धी प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डाक्टर एलिशा महर्जन, डाक्टर घनश्याम ठाकुर, दाँतसम्बन्धी डाक्टर श्रव्य पराजुली, डाक्टर राम प्रकाश चनौ, डाक्टर प्रकाश झा र साधारण स्वास्थ्य परीक्षण प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डाक्टर रोशन पराजुली, डाक्टर अमित चौधरीलगायतले चेकजाँच गरेका थिए ।

प्रतिक्रिया