काभ्रेमा मापसे गरेकी श्रीमतीको कुटपिटबाट श्रीमान्को मृत्यु

काभ्रे । मापसे गरेकी श्रीमतीले श्रीमान्लाई कुटपीट गर्दा श्रीमान्को मृत्यु भएको छ । शनिबार बिहान ९ बजेको समयमा काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका– ५ कानपुर बस्ने वर्ष ५९ का धनबिर दमाइलाई निजको श्रीमती वर्ष ४० की कमला परियारले मापसे गरी आफ्नै घरभित्र निगालोको लठ्ठिले टाउकोमा हिर्काउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो खबर पाउने बित्तिकै स्थानीय कानपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोली गई घटनास्थल सुरक्षित राखिएको र निज कमला परियारलाई नियन्त्रणमा लिएर प्रहरी चौकी कानपुरमा राखिएको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया