विदेशीहरुले नेपाली सुनको थाली थापेर भिख माग्छन् : पोलिटब्यूरो सदस्य मेन्याङबो

पाँचथर । नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा सांसद, पाँचथर इञ्चार्ज तिलकुमार मेन्याङबोले विदेशीहरुले नेपाली सुनको थाली थापेर भिख माग्ने बताएका छन् ।

पाँचथरको फिदिममा आयोजित कार्यक्रममा एमाले नगर कमिटीको विस्तारित बैठक र प्रशीक्षण कार्यक्रममा पोलिटब्यूरो सदस्य मेन्याङबोले विदेशीहरुले नेपालीलाई बोल्ने त्यस्ता अभिव्यक्तिको जवाफ दिएका हुन् ।

पनगर कमिटीको विस्तारित बैठक र प्रशीक्षण कार्यक्रममा बोल्दै उनले जहाँनीया राणा शासनपछि विकासको फड्को मारिसकेको समेत बताए । एमाले नगर कमिटीले विस्तारित बैठक तथा प्रशीक्षणको आयोजना गरेको थियो ।

उक्त भेलामा कार्यकर्तालाई अब कार्यकर्ता माझ आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणमा लाग्न पनि उनले आग्रह गरे । सो प्रशिक्षण भाषणमा मात्रै सीमित रहेको थियो । पोलिटब्यूरो सदस्य मेन्याङबोको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रम नगर अध्यक्ष जलकुमार तामाङको सभापतित्व रहेको थियो भने नगर सचिव दिपेन्द्र तुम्वापोले सञ्चालन गरेका थिए ।

विस्तारित बैठकमा एमाले केन्द्र र प्रदेश जिल्ला तहका पदाधिकारीले शुभकामना व्यक्त गरेका थिए । पाँचथर एमालेको जिल्ला अधिवेशन नजिकिँदै गर्दा उक्त भेला तथा बैठक, अधिवेशन सम्पन्न भइसकको र हुँदै गएको एमाले प्रचार विभाग प्रमुख तुलसी थापाले जानकारी दिए ।

प्रतिक्रिया