केही व्यक्तिले चरित्र हत्या गर्न खोजेको व्यवसायी मित्तलको आरोप

वीरगञ्ज । स्विट मार्ट फुड प्रालि वीरगञ्जको सञ्चालक शंकरलाल मित्तलले आफ्नो चरित्र हत्या गर्न खोजिएको आरोप लगाएका छन् । उद्योग विभागद्वारा मेरो कम्पनीको नाममा पठाएको खामबन्दी कागज विभागका कार्यालय सहायकले स्विट मार्ट फुड इन्डस्ट्रिजका सञ्चालक वीरगञ्जका निरञ्जन अग्रवाललाई पु¥याएको र निज निरञ्जन अग्रवालले खामबन्दी कागज खोली कागजको फोटो खिचेर आफ्नो गोप्य कुरा चुहावट गरेर मेरो चरित्र हत्या गरेको आरोप लगाएका छन् ।

सुजल फुड्स प्रालि पोखराले मेरो कम्पनीलाई विपक्षी बनाई गरेको उजुरी हाल पुर्पक्ष हुँदै आएको उक्त मुद्दा विचाराधिन रहेको तथा आफूले उद्योग विभागमा सप्रमाणसहित प्रतिउत्तर पत्र दर्तासमेत गराएको बताए । उक्त मुद्दा चली नै रहेको अवस्थामा सोही मुद्दाको सम्बन्धमा पुनः २०८० फागुन १२ मा स्विट मार्ट फुड प्रालिको नाममा उद्योग विभागले सातदिने सूचना म्याद खामबन्दीसहित पठाएको तर उक्त खामबन्दी आफ्नो विपक्षीलाई दिएर आफ्नो चरित्र हत्या गरेको उनले बताए ।

त्यस्तै उनले मेरो नामको उक्त सूचना म्याद पहिलादेखि नै चलिरहेको मुद्दाका सम्बन्धमा मलाई झिझ्याउने, सताउने, दुःख दिने चरित्र हत्या गर्ने तथा उद्योग धरासायी बनाउने काम भइरहेको बताएका छन् । सोही मुद्दाको सम्बन्धमा पटकपटक म्याद काटी काट्न लगाई मेरो नामको खामबन्दी मेरो विरोधीहरूको हातमा दिई मेरो उद्योगलाई धरासाही बनाउने काम भइरहेको बताएका छन् ।
त्यस्तै उनले आफूले एक उद्योगी व्यवसाय भएको र आफ्नो उद्योगमार्फत समयसमयमा सरकारलाई राजस्व तिर्दै आएको र मेरोविरुद्ध लागेर मेरो गोप्य कुराहरू चुहावट गर्नेलाई आफू कानुनी उपचारमा जानेसमेत बताए ।

प्रतिक्रिया