रौतहट । जिल्लामै पहिलो पटक हुन लागेको पालिका कप क्रिकेट प्रतियोगिता २०८० को लागि राष्ट्रिय स्तरको पिच बनाईएको छ । मधेश प्रदेशमै पहिलो प्रतियोगिताको रुपमा संचालन हुने पालिका कपको लागि यस्तो पिच तयार गरिएको हो । नेपाल क्रिकेट संघको नियमित पिच क्युरेटरले राष्ट्रिय स्तरको पिच निर्माण गरिएको पालिका कप क्रिकेट प्रतियोगिताको संयोजक एवम् रौतहट जिल्ला क्रिकेट संघका कोषाध्यक्ष बिक्रान्त बिक्रम नेपालले बताए ।
प्रतियोगिताको सम्पूर्ण खेल हुने राइस मिलको मैदानमा बनाईएको पिचमा घास हालिएको छ । घास हालेर पिच बनाईएको हुदा बलर र ब्याटसम्यानको लागि पनि उपयोगी हुने बताइएको छ ।
१८ वटा पालिकाको टीम सहभागी भएको प्रतियोगिताको भोली शनिवार बिहान ११ बजे उदघाटन हुनेछ । पहिलाे चंद्रपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिका बीच हुने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगिताको फाइनल खेल डे नाइट हुने बताइएकाे छ । जुन प्रदेश कै एतिहासिक हुने आयोजकको दाबी रहेको छ । प्रतियोगिताको लागि गौरका बिभिन्न ठाउँमा सजावट गरिएको छ । ठाउँठाउँमा पालिकाका नगर प्रमुखको तस्बिर, नेपालको राष्ट्रिय झन्डा र पालिकाको नाउ लेखिएका ब्यानल लगाइएको संघका अध्यक्ष पवन साहले बताएका छन् ।
पालिका कप क्रिकेट प्रतियोगिता खेल्ने खेलाडीहरुमा निकै उत्साह देखिएको छ । बिजेता टीमलाइ नगद ३ लाख तथा उपबिजेता टीमलाइ १ लाख ५० हजार राशी पुरस्कार प्रदान गरिनेछन । खेलाडीलाइ पोशाक समेत वितरण गरि सकिएको र उदघाटन समारोहको तयारी अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ ।
रौतहट
प्रतिक्रिया