मुखियापट्टी मुसहरनियामा विद्यालय भवनको शिलान्यास

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको वडा ४ कोल्हुवामा सरस्वती प्रमानन्द आधारभूत विधालयको २ कोठे भवन शिलान्यास गरिएको छ । माहाशिवरात्रिको अवसर पारेर शुक्रबार गाउँपालिका अध्यक्ष जयकुमार यादवले शिलान्यास गरेका हुन् ।

गाउँपालिकाको उतरी भागमा पर्ने यो विद्यालय क्षेत्र वरीपरी बसोबास गर्ने सीमान्तीकृत–अल्पसंख्यकलगायत अन्य समुदायका सन्ततीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने उदेश्यले शिक्षा विकासका लागि भवन निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष यादवले बताए ।

विद्यालयको स्थापनाको लागि कोल्हुवा निवासी हाल काठमाडौं बस्दै आएका अमरेश नारायण झाले अढाई कठ्ठा जग्गा दान गरेका छन् । जग्गादाता झाले आधारभूत विद्यालयले यहाँका बालबालिकाको शिक्षा जिवनमा योगदान पुर्याउने बताए ।

आउने दिनमा आवश्यक परे अझैँ जग्गादान गर्ने दाता झाले बताए । कार्यक्रममा त्यस वडाका वडाध्यक्ष, जसपा नेता सशीकुमार यादव, पालिकाका शिक्षा संयोजक लगायत बिभिन्न पार्टीका नेता, वुद्धिजिवीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया