विद्यार्थीलाई भूकम्पलगायत प्रकोपबाट जोगिने विषयमा नमुना अभ्यास

बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई भविष्यमा हुन सक्ने भूकम्पलगायत विभिन्न प्रकोपबाट कसरी बच्ने भन्ने विषयमा नमुना अभ्यास गराइएको छ ।

प्रगतिशिल युवा समाज वल्डभिज इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित समावेसी, तथा गुणस्तरीय शिक्षा परियोजनाअन्तर्गत नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई भविष्यमा हुन सक्ने यस्ता प्रकोपबाट कसरी सुरक्षित रहने भन्नेबारे जानकारी दिनुका साथै नमुना अभ्यास समेत गराइको हो ।

मंगलबार सुर्मा आधारभूत विद्यालय पिठालेख र लुयाटा आधारभूत विद्यालय डिलवगर विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई भविष्यमा भवितव्य रुपमा हुन सक्ने प्रकोप र ती प्रकोपबाट कसरी बच्ने भन्ने विषयमा जानकारी गराइएको प्रगतिशिल युवा समाजका फिल्ड सहजकर्ता शिवराज रोकायाले बताए ।

रोकायाले अहिले आफूहरुले नगरपालिकाका १५ वटा सामुदायिक विद्यालयका करीब ७०० भन्दा बढी विद्यार्थीहरुलाई विभिन्न खाले प्रकोपबारे जानकारी दिनुका साथै यसबाट हुन सक्ने सम्भावित क्षेति कसरी कम गर्ने तथा आफू र अरुलाई पनि प्रकोपबाट कसरी बचाउन सकिन्छ भन्नेबारेमा विद्यालयमा नमुना अभ्यास गराउने गरेको बताए ।

नमुना अभ्यास कार्यक्रममा सहजकर्ता शुरेश नाथले विद्यार्थीहरुलाई भूकम्प, बाढी–पहिरो, आगलागी, हावाहुरीलगाएत अन्य प्रकारका प्रकोपको जनाकारी र ती प्रकोपबाट कसरी बच्ने आपतकालिन समयमा के–के गर्ने, भूकम्प आएको समयमा सबैभन्दा सजिलो उपाए घुँडा टेकी गुडुल्क ओत लागी समाप्तलगायतका विषयमा प्रशिक्षण गराएको उनले बताए ।

प्रतिक्रिया