काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक बुधबार (भोलि) बस्ने भएको छ । पार्टी केन्द्रीय सचिव जीवनराम श्रेष्ठकाअनुसार विकसित राजनीतिक घटनाक्रम र विविध विषयमाथि छलफल हुनेछ । पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा बुधबार बिहान ११ बजे सचिवालय बैठक बोलाईएको सचिव श्रेष्ठले जानकारी दिए ।
कांग्रेससँगको सत्ता गठबन्धन भत्काएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समिकरण बनाएपछिको विकसित अवस्थाका बारेमा सोमबार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निवास कोटेश्वरमा सचिवालय बैठक बसेको थियो । उक्त बैठकले प्रधानमन्त्रीले बनाएको नयाँ सत्ता समिकरणको उदेश्य, निर्णय र प्रक्रियाबारे जानकारी लिने र दृष्टिकोण तयगर्ने निर्णय गरेको थियो ।
यसअघि सोमबार साझँ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री प्रचण्डबीच कोटेश्वरमा भेटवार्ता भएको थियाे । पार्टीका केन्द्रीय सदस्य मोहन गौतमका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्डले सकारमा सहभागि हुनका निम्ति एकीकृत समाजवादीलाई आग्रह गरेका थिए । जवाफमा अध्यक्ष नेपालले पार्टीको सचिवालय बैठक बोलाएर उक्त प्रस्तावका बारेमा निर्णय दिने बताएका थिए ।
प्रतिक्रिया