गण्डकीका मुख्यमन्त्रीले बर्खास्त गरे माओवादीबाट सरकारमा रहेका दुई मन्त्री

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री सरेन्द्रराज पाण्डेले माओवादी केन्द्रबाट सरकारमा रहेका दुई जना मन्त्रीलाई बर्खास्त गरेका छन् ।

केन्द्रमा माओवादीले कांग्रेसका मन्त्री बर्खास्त गरेर नयाँ गठबन्धन बनाएपछि पाण्डेले दुई मन्त्रीलाई मंगलबार बर्खास्त गरेका हुन् ।

पाण्डेले सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन् । दुवै मन्त्रालय मुख्यमन्त्रीले आफैँसँग राखेका छन् ।

प्रतिक्रिया