आइजीआई इन्स्योरेन्स नयाँ सञ्चालकको सपथग्रहण

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २६ औं बार्षिक साधारण सभाले आगामी ४ बर्षको लागि संस्थापक समूहबाट हेम राज ढकाल, विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल र कृति टिवडेवाल साथै सर्वसाधरण समूहबाट राजेन्द्र सिंह भण्डारी र अमित अग्रवाल सञ्चालक पदमा निर्बिरोध निर्वाचित भएका छन् ।

त्यसैगरी कम्पनीको १४आंै बैठकले उपरोक्त सञ्चालकमध्येबाट संस्थापक समूहबाट निर्वाचित सञ्चालक ढकाललाई सञ्चालक समितिको अध्यक्षमा छनोट गरेको हो । अध्यक्ष चयन भएका ढकालबाट नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष बीमा ऐन, २०७९ को दफा ४७ को उपदफा (६) बमोजिम पद तथा गोपनियताको सपथ लिए ।

त्यसैगरी, सोही बमोजिम कम्पनीको सञ्चालक समितिका अध्यक्षले विज्ञ सञ्चालक कृष्ण प्रसाद शर्मा सहित नव निर्वाचित सञ्चालकलाई पनि पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

प्रतिक्रिया