वैभव गुप्ताले जिते ‘इन्डियन आइडल १४’ को उपाधि

काठमाडौं । भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल १४’ को विजेता वैभव गुप्ता बनेका छन् । आइतबार राति भएको ग्राण्ड फिनालेमा कानपुरका वैभव विजेता बनेका हुन् । भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनले उपाधिसँगै २५ लाख भारू र मारूतिको ब्रेजा कार पाएका छन् ।

शोमा शुभदीप दास फर्स्ट रनरअप, पियुष पन्वार सेकेन्ड रनरअप र अनन्या पाल थर्ड रनरअप बने । फर्स्ट रनरअप शुभदीप र सेकेन्ड रनरअप पियुषले ५/५ लाख भारू पुरस्कार पाएका छन् भने थर्ड रनरअप अनन्याले ३ लाख भारू पुरस्कार पाइन् । शोको जजमा विशाल ददलानी, कुमार सानू र श्रेया घोषाल थिए । ग्राण्ड फिनालेमा सोनू निगम र नेहा कक्कडलाई विशेष जज बनेका थिए ।

प्रतिक्रिया