दोहोरो नागरिकता लिने एक जना पक्राउ

काभ्रे । दोहोरो नागरिकता लिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका– ४ स्थायी ठेगाना भएका राजु गुरुङले दोहोरो नागरिकता लिएको देखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उनलाई जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्ला प्रहरी कार्यालय काभ्रेमा आवश्यक अनुसन्धानको लागि पठाएको बताइएको छ । गुरुङले स्थायी ठेगाना काभ्रे जिल्ला बनेपा नगरपालिका– १४ बाट ना. प्र. प्र.न. ३०–०१–७४–१०९७७ को जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जारी भएको नागरिकता र सोही नागरिकताको आधारमा राहदानी लिएको देखिएको प्रहरीले जनाएको छ ।

यस्तै उनले अर्को स्थायी ठेगाना जन्म स्थान चितवन जिल्ला भरतपुर महानगरपालिका– ०९ राखेर नागरिकता बनाएको र सोही नागरिकताको आधारमा राहदानी लिएको देखिएकाले पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया