धनुषामा लघुवित्त ज्यादतीविरुद्धकाे समिति गठन

जनकपुरधाम । धनुषामा लघुवित्त ज्यादतीविरुद्धको संघर्ष समिति गठन भएको छ । शुक्रबार बिहान दुर्गा प्रसाई संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका मध्यमाञ्चल प्रमुख नरेश कुमार साहको प्रमुख उपस्थिति तथा जनकपुरधाम अञ्चल प्रमुख सुरेन्द्रमणि शर्माको अध्यक्षता एवं बैंक, फाइनान्स र लघुवित्तका स्थानीय ऋणीहरूको भेलाले धनुषाको मिथिला नगरपालिकामा हरदेव महतोको अध्यक्षतामा ११ सदस्य लघुवित्त ज्यादतीविरुद्धको संघर्ष समिति गठन गरेको हो ।

दुर्गा प्रसाई संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानको संगठन विस्तारअन्तर्गत यहाँ संघर्ष समिति गठन गरिएको महाअभियानका मध्यमाञ्चल प्रमुख नरेशकुमार साहले बताए ।

प्रतिक्रिया