रोशीमा योग प्रशीक्षण सम्पन्न

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिका– ७ स्थित रोशी माध्यमिक विद्यालयमा दुईदिने योग प्रशीक्षण सम्पन्न भएको छ । विद्यार्थीहरुका लागि मंगलटार आयुर्वेद औषधालयको आयोजनामा दुईदिने योग प्रशिक्षण सम्पन्न भएको हो ।

‘मेरो स्वास्थ मेरो जिम्मेवारी, योग गरौ निरोगी बनौँ’ भन्ने नाराका साथ मंगलबारबाट सुरु भएको प्रशीक्षण बुधबार सम्पन्न भएको छ । नागरिक आरोग्य अभियानअन्तर्गत योग कार्यक्रममा रोशी माध्यामिक विद्यालयका ४१ जना विद्यार्थीहरुलाई योग प्रशिक्षण दिइएको आयोजकले जनाएका छन् । विद्यालयका कक्षा ९, १० र ११ का विद्यार्थीहरुलाई प्रशीक्षण दिएका हुन् ।

रोशी गाउपालिकाका अध्यक्ष दिनेश लामाले चिकित्सा विज्ञानले नसकेको नशाजन्य रोग योगले निको पार्ने बताए । पछिल्लो समयमा योगले सबैतिरको मन जित्न सफल भएको र अन्तरास्ट्रिय योग दिवस मनाउन सफल भएको लामाले बताए । योगाले मेन्टल्ली र फिजिकल्ली स्वस्थ राख्न मद्धत गर्ने उनको भनाइ छ ।

रोशी माविका प्रधानाध्यापक बिन्दुप्रसाद ढुंगानाले रोग लाग्नुभन्दा रोग लाग्न नदिनको लागि योगले सहयोग गर्ने बताएका छन् । योगका लागि रोशी माविलाई छनोट गरेकोमा धन्यवाद व्यक्त गर्दै सिकाइलाई सही तरिकाले सदुपयोग गर्न ढुंगानाले अनुरोध गरे । भित्री शरीर सफा भएन भने बाहिरी शरीर मेकप गरेर राम्रो भएर मात्र नहुने उनको भनाइ छ ।

योगले मानिसलाइ फूर्तिलो बनाउने र दीर्घजीवन बिताउन सक्ने खालको महसुस भएको विद्यार्थी तुलसी केसीले बताइन् । गाउपालिकाका आयुर्वेद शाखा प्रमुख सविता गौतमले तीनदिने कार्यक्रम दुई दिनमा सक्नुपर्ने भएकाले दिनमा तीन सिफ्ट गरेर सम्पन्न गरेको बताइन् । योग प्रशिक्षक पुन्जलाल श्रेष्ठ र मानसरोवर श्रेष्ठ दुई जनाले प्रशीक्षण दिएको उनले बताइन् । कार्यक्रममा कक्षा ९, १० र ११ का ४१ जना प्रशिक्षित भएको उनले जानकारी दिइन् ।

प्रतिक्रिया