जगरनाथपुर गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता

पर्सा । जगरनाथपुर गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शील्ड खेलकुद प्रतियोगिता– २०८० सम्पन्न भएको छ । मंगलबार सम्पन्न दोस्रो रास्ट्रपति रनिङ शील्ड प्रतियोगितामा प्रथम श्री नेरा मावी मसिहानीले कुल २७ पदक लिएको थियो । दोस्रो श्री नेरामावी जगरनाथपुरले २३ पदक लिएको थियो ।

तेस्रो श्री नेरामावी सन्ठीले २० पदक लिएको थियो । यसमा राष्ट्रिय खेल कबड्डी, दौड, हाइजम्प लंगमजम्पलगायतको खेलमा २७ वटा विद्यालयका छात्र–छात्राहरुले भाग लिएका थिए । तयस्तै सबैभन्दा बढी पदक नेरा प्रावी बिजबनियाका जरिना खातुनले पदक हासिल गरेका थिए । विजेता खेलाडी हरुलाई प्रमुख अतिथि रहेका गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले मेडल र शील्ड वितरण गर्दै रास्ट्रको लागि खेलकुद र स्वास्थ्यको लागि खेलकुद रहेको बताए ।

प्रमुख अतिथि यादवले भने, ‘खेलकुद शरिरको लागि शिाररिक व्यायाम भएकाले खेलकुद स्वास्थ्यको लागि एक किसिमको औषधि नै हो, खेलकुदबाट मस्तिष्कको विकास हुन्छ ।’ उमेर अनुसारको प्रत्येक व्यक्तिलाई खेलकुद आवश्यक हुने र खेलकुदले शरिर स्वस्थ्य रहनुका साथै जीवनमा फुर्तिलो हुने उनले बताए ।

गाउँपालिकामा केही प्रावि विद्यालयहरुलाई निमाविमा परिणत गरिएको छ भने केही निमाविलाई माविमा परिणत गरिएको हो । कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाकी उपाध्यक्ष ववितता सिंहले यस्ता खेलकुदमा विद्यालयका विधार्थीहरु निकै उत्साहीत देखिएको र शिक्षासँगै खेलकुद पनि जरुरी रहेको बताइन् । उनले आगामी दिनमा विभिन्न किसिमका खेलकुदका योजना राखेर सहयोग गर्ने बताइन् ।

खेलकुद प्रतियोगिता वडाध्यक्ष बिहारीप्रसाद नुनियाको अध्यध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत कृष्ण नन्दन राय, लेखापाल सन्देश कुशवाहा, वडाध्यक्ष सुवासप्रसाद, प्रभु महतो, शिक्षा शाखा प्रमुख असोक सिंह, प्रअ धुरेन्द्रप्रसाद कुर्मी, प्रअ बादसाह रौनियार, प्रअ रामादेश चौहान, प्रअ मुनिलाल चौहान, नरेश प्रसाद यादव, लालदेव प्रसाद, रुपलाल साह र सम्पूर्ण विद्यालयका प्रअ, वडा सदस्यहरु विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा दुई जना पत्रकार लालबाबु बानिया र बलिराम यादवलाई मायाको चिनो दिएर सम्मान गरिएको थियो । त्यस्तै विद्यालायहरुलाई प्रमाणपत्र र मायाको चिनोले सम्मान गरिएको थियो ।

प्रतिक्रिया