नयाँ योजनासहित अगाडी बढ्दै छौः नेता चौधारी

अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य मेटमणी चौधरीले पार्टी नयाँ योजनासहित संगठन निर्माणको काममा एकताबद्द भएर लानुपर्ने बताएका छन् । नेकपा एकीकृत समाजवादी अर्घाखाँचीको ९ औं पूर्ण बैठकलाई सम्बोधन गर्दै चौधरीले यस्तो बताएका हुन् । प्रतिनिधिसभा सदस्य समेत रहेका चौधरीले नेपालको पुरानो खालको राजनैतिक संस्कारलाई बद्ल्नु पर्ने भन्दै पार्टी संगठन निर्माणका लागि सहभागीता मुलक छलफल, सामुहिक निर्णय, कार्यक्रम तथा बैठक सञ्चालन बिधि अगाडी बढ्नु पर्ने बताए ।

पूर्ब सहरी बिकास मन्त्री समेत रहेका चौधरीले पार्टीले आगामी महाधिवेशनबाट नयाँ गतिका साथ अगाडी जाने भन्दै अब मनमा भएको निरासा हटाई उत्साहका साथ पार्टी संगठन निर्माणको काममा लाग्न निर्देशन गरे । नेता चौधरीले एमाले अहिले मुद्दा बिहिन भएको र अब जति नै नक्कली कुरा गरे पनि जनताले बुझेको भन्दै एमालेको भबिष्य समाप्त हुन लागेको बताए । आगामी निर्वाचन सम्मको यो बिद्रोहको यात्रा निकै चुनौतीपूर्ण हुने भन्दै अब सामाजिक मुद्दालाई एजेन्डा बनाई सबैखाले समस्या संघ जुध्दै अगाडी बढ्नु पर्ने उनेल बताए ।

बैठकमा पार्टीका केन्द्रिय सदस्य अर्घाखाँची जिल्ला इन्चार्ज पिताम्बर सारुले अब नयाँ सोचका साथ युवा नेतृत्वबाट अगाडी बढ्नु पर्ने भन्दै बिद्रोहको औचित्य मिसन पूरा गर्ने गरि लाग्नु पर्ने बताए । नेता सारुले अब अझ सशक्त तबर पार्टी काममा लाग्न सबैलाई आग्रह गरे । बैठकमा पार्टी लुम्बिनी प्रदेश कमिटी सदस्य, मोतीलाल श्रीपाल, सुनिता बेल्वासे, समाजबादी प्रेस संगठनका लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसाल, पार्टी राष्ट्रिय परिषद सदस्य मुकुन्द रोकाले बैठकमा महत्तवपूर्ण भनाई राखेका थिए ।

बैठकमा प्रदेश कमिटी सदस्य तारापती भट्टराई, बिष्णुहरु भुसाल, अनेरास्ववियु केन्द्रिय नेता नारायण शर्मा लगायतको उपस्थिती रहेको थियो । बैठकले आगामी २ महिने पार्टी संगठन सुदृढीकरण तथा सदस्यता बिस्तार अभियान अगाडी बढ्ने त्यसका लागि बिभिन्न पालिकामा सहजकर्ताहरु तोक्नुको साथै पार्टी संगठन निर्माणका लागि महत्तवपूर्ण निर्माण गरेको अध्यक्ष रामबहादुर चौहानले बताए ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया