रौतहटमा दुुई समुदायबीच तनाव बढदै गएपछि अनिश्चितकालीन निषेधाज्ञा

रौतहट । रौतहटमा सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन भन्दै प्रशासनले निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय, रौतहटले शनिबार अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी रहने छ ।

रौतहट पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया