भत्ति नमुना माविमा किशोरीहरुलाई आत्मरक्षासम्बन्धी तीनदिने तालिम

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका– ९ मा रहेको भत्ति नमुना माविमा माध्यमिक तहमा अध्ययनरत किशोरीहरुलाई आत्मरक्षासम्बन्धी तीनदिने तालिम सञ्चालन गरिएको छ ।

सामाजिक विकास कार्यलयको अयोजनामा मगंलबारबाट सो तालिम सुरु भएको हो । उक्त तालिममा जिल्लाका सुन्दरबजार नगरपालिका, दोर्दी गाँउपालिका र राइनास नगरपालिकाका गरी ६ विद्यालयका ३० जना विद्यार्थीहरुको सहभागिता रहेको छ ।

तालिममा किशोरीहरुले आत्मरक्षाका लागि कस्ता–कस्ता उपायहरु अपनाउन सक्छन् त ? भन्ने विषयमा मर्रस्याङदी कराते डोजोका प्रेमबहादुर गुरुङले प्रशिक्षण गराएका थिए । पछिल्लो समय महिला हिंसा बढ्दै गएको भन्दै यस्ता हिंसा न्यूनिकरणको लागि यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

मगंलबारबाट सुरु भएको तालिम बिहीबारसम्म सञ्चालन गरिने सामाजिक विकास कार्यलय लमजुङका सूचना अधिकारी बलबहादुर अछामीले जानकारी दिए ।

प्रतिक्रिया