काभ्रेमा मोटरसाइकल आइचरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

काभ्रे । जिल्लाको पाँचखाल नगरपालिका– ८ मा मोटरसाइकल अनियन्त्रित भई आइचरसँग ठोक्किँदा मोटरसाइकल चालक मुरारी कार्कीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारी अनुसार मंगलबार अपरान्ह ४ बजेको समयमा काभ्रे जिल्लाको पाँचखाल नगरपालिका– ८ पचास किलोस्थित अरनिको राजमार्ग सडकखण्डमा दोलालघाटबाट जिरो किलोतर्फ आउँदै गरेको बा प्र ०२–०३४ प ३३२१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई विपरित दिशाबाट आएको बा ३ ख ७२०४ नम्बरको आईचर गाडीसँग ठोक्किई दुर्घटना भएको थियो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ घटनास्थलमा उक्त प्रहरी चौकी पाँचखालबाट प्रहरी निरीक्षकको कमाण्डमा ट्राफिकसहितको टोली खटिएको, मोटरसाइकलमा सवार दुई जना घाइते भई उपचारको लागि धुलिखेल अस्पताल पाठइएको थियो ।

उपचारको क्रममा मोटरसाकल चालक जिल्ला सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका– ७ बस्ने वर्ष २८ का मुरारी कार्कीको मृत्यु भएको बताइएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार जिल्ला सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका– ७ बस्ने वर्ष २८ का राजन दंगाल घाइते भएको प्रहरीले जनाएको छ ।

उनको दाहिने हात, खुट्टा र नाकमा चोट लागेको तर बोल्न सक्ने अवस्थामा रहेको प्रहरीको भनाइ छ । घटनाका दुवै सवारीसाधन र आईचर चालक काभ्रे जिल्लाको भुम्लु गाउँपालिका– ४ बस्ने वर्ष २४ का पुर्णबहादुर पहरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया