रुकुममा मनाईयो जनयुद्ध दिवस (फोटोफिचर)

रुकुम पश्चिम । जनयुद्धको आधारभुमि रुकुम पश्चिममा २९ औँ जनयुद्ध दिवसको अवसरमा विविध कार्यक्रम गरि मनाईएको छ । आज रुकुम पश्चिमको सानीभेरीमा गुरिल्ला म्याराथन आयोजना गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र आठबिसकोट नगर समितिले सहिद नेत्र बहादुर ओलिको सालिकमा फुलमाला अविर चढाएर राडीबजार क्षेत्र परिक्रमा गरी शुभकामना आदानप्रदान गरेर जनयुद्ध दिवस मनाएको छ । त्यसैगरी बाँफिकोट गाउँपालिका -२ स्थित सहिद पार्कमा मेलाको आयोजना गरिएको छ ।

चौरजहारी नगरपालिकामा फूटबल प्रतियोगिताको आयोजना गरिएको बताईएको छ । तत्कालिन माओवादीले आजकै दिन फागुन १ गते रुकुमको राडी प्रहरी चौकी आक्रमण गरेर जनयुद्ध सुरु गरेको थियो ।

आज रुकुम पश्चिमका ५ वटै पालिकाले सार्वजनिक विदा दिएका छन्। संघीय सरकारले फागुन १ गतेलाई ‘जनयुद्ध’ दिवसका रूपमा मनाउने र उक्त दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेतापनि सर्वोच्च अदालतले उक्त निर्णयलाई भने खारेज गरिदिएको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया