काभ्रेमा रोशी गाउँपालिकाको १४औँ अधिवेशन सकियो

काभ्रे । रोशी गाउँपालिकाको १४औँ अधिवेशन सम्पन्न भएको छ । सोमबार गाउँपालिकाका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा भएको सभाले आर्थिक ऐन माथिको संशोधन प्रस्ताव, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्ताव र न्यायिक समितिको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तावलगायत विभिन्न प्रस्तावहरू पास गर्दै सभा सम्पन्न भएको हो ।

उक्त सभामा रोशी गाउँपालिका–३ का वडाध्यक्ष धनजित लामाले शुभकामना मन्तव्य राखेका थिए भने गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईबाले न्यायिक समितिको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्ताव पेश गरेका थिए । त्यसैगरी गाउँपालिकाका प्रवक्ता तथा वडा नंम्बर १२ का वडाध्यक्ष वसन्तकुमार तामाङले अर्धवार्षिक प्रगति प्रतिवेदन पेस गरेका थिए । सो प्रस्तावहरू सर्वसम्मतले पारित गरेका छन् ।

प्रवक्ता वसन्तकुमार तामाङले पेस गरेको अर्धवार्षिक प्रगति प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८०–०८१ मा कुल ७४ करोड २७ लाख ६० हजार आय हुने र सोही अनुसार व्यय हुने अनुमान गरिएकोमा ३५ करोड ५३ लाख ३६ हजार ३१३ आय गरेका छन् भने २६ करोड ६९ लाख ७५ हजार ६७ व्याय गरेको छ । गाउँ सभाका सचिव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ रहेका थिए ।

प्रतिक्रिया